काठमाडौँ । साफ यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि काठमाडौँमा सुरु हुँदैछ ।
समूह चरणको पहिलो खेलमा नेपालले आज पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ ।
खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा अपराह्न ५ बजे सुरु हुनेछ । त्यसअघि दिउँसो साढे १ बजे भारत र बङ्गलादेशबीच प्रतिस्पर्धा हुनेछ
प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, भारत, बंगलादेश र भुटान सहभागी छन् । नेपालको समूहमा पाकिस्तान र माल्दिभ्स छन् भने भारतको समूहमा बंगलादेश र भुटान छन् ।
असोज १३ गतेसम्म चल्ने प्रतियोगितामा नेपालले सोमबार समूह चरणमा माल्दिभ्ससँग खेल्ने छ । –फरक समय र स्थानमा सामूहिक बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
डडेल्धुरा प्रहरीकाअनुसार पक्राउ परेकाहरुमाथि गत वैशाख ५ गते नानिगाड खोलामा र गत वैशाख १२ गते साँझ डेकामा रहेको एउटा गोठमा लगेर युवातीलाई बलात्कार गरेकोे किटानी जाहेरी परेको छ ।
घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।