विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिने प्रधानमन्त्री दाहालको भनाइ


१ आश्विन २०८०, सोमबार १२:२५ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीहरुलाई मतदानको व्यवस्था गरिने बताउनुभएको छ ।

संयुक्त राष्ट्र संघको ७८ औं महासभामा सहभागि हुन आइतबार न्यूयोर्क जानुभएका प्रधानमन्त्री दाहालले पत्रकारहरुसँगको भेटमा विदेशमा रहेका नेपाली नागरिकहरुलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिएको बताउनुभएको हो ।

उहाँले सामाजिक सञ्जालको दुरुपयोग बढेकोप्रति सरकार गम्भीर भएको भन्दै अब त्यसको नियमनका लागि विशेष पहल गर्ने पनि बताउनुभयो ।

सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि जस्तो सुकै कदम चाल्न पनि तयार रहेको उहाँको भनाइ छ ।

उहाँले सरकारले गरेका राम्रा र सकारात्मक कुराहरुलाई भन्दा पनि कसरी बदनाम गर्न सकिन्छ भन्ने गिरोह सक्रिय रहेको आरोप लगाउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here