प्रधानमन्त्री दाहाल र राष्ट्रसंघ महासचिव गुटेरेसबीच भेटवार्ता


१ आश्विन २०८०, सोमबार ०९:११ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री प्रचण्ड शनिबार अमेरिका जानु भएको छ ।

उहाँहरूबीच संयुक्त राष्ट्र संघको मुख्यालय भटवार्ता भएको हो । एन्टोनियो गुटेरेससँग भेटप्रति प्रधानमन्त्री प्रचण्डले खुसी व्यक्त गर्नुभएको छ ।

महासचिव गुटेरेस र प्रधानमन्त्री प्रचण्डबीच नेपालको शान्ति प्रक्रिया, शान्ति स्थापना, जलवायु परिवर्तन, एसडीजी, एलडीसी र विकास वित्तपोषणलगायतका विभिन्न विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री प्रचण्डले आगामी असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here