देशलाई दुर्घटनाबाट जोगाउनका लागि नयाँ सम्झौता गरेर राजालाई स्पेश दिनुपर्छः राजेन्द्र लिङ्देन


२७ भाद्र २०८०, बुधबार १९:२३ मा प्रकाशित

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई दुर्घटनाबाट जोगाउनका लागि नयाँ सम्झौता गरेर राजालाई स्पेश दिनुपर्ने बताउनुभएको छ ।

पार्टीले बुधबार काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै लिङ्देनले राजालाई अभिभावकीय भूमिकामा राखेर देशलाई दुर्घटनाबाट जोगाउनका लागि नयाँ सम्झौता गर्न दलहरुलाई आग्रहसमेत गर्नुभयो ।

उहाँले ०६२/६३ को राजनीतिक परिवर्तनपछि दिल्लीको १२ बुँदे सम्झौतको भरिया बनेर आएको भन्दै यही गलत बाटोलाई अघि बढाउन खोजे देश गम्भीर दुर्घटनामा फस्ने धारणा राख्नुभयो । देश र जनताप्रति माया सुध्रिनका लागि कांग्रेस, एमाले र माओवादीलाई सुझाव दिदै लिङद्नले सुध्रने संकेन नदेखिए राप्रपाले नयाँ संघर्षको नेतृत्व गर्ने चेतावनी दिनुभयो ।

उहाँले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने र प्रदेश तह खारेज गर्नुपर्ने बताउनुभयो । जनतालाई धर्मनिरपेक्षता, गणतन्त्र, संघीयताको भारी बोकाइएको र देशलाई दलहरुले सिण्डिकेटको शिकार बनाएकाले त्यसलाई उल्टाउनका लागि जनता काठमाडौं घेर्न तयारी गरिरहेको उहाँले बताउनुभयो । उहाँले जनता जागेर आएको दिन व्यवस्थाबाट भाग्ने बाहेकको कुनै बिकल्प नहुने भन्दै उहाले त्यस्तो अवस्था आउन नदिन दलहरु नै राष्ट्रिय मेलमिलाप गर्न तयार हुनुपर्ने धारणा राख्नुभयो ।

उहाँले धार्मिक द्वन्द्व निम्त्याउनको लागि धर्म निरपेक्षता ल्याइएको जिकिर गर्नुभयो । गणतन्त्रका पक्षधर नेपालका सबैभन्दा जेठोदेखि कान्छो पार्टी एउटै कित्ताको भएको बताउँदै उनीहरुबाट देशमा समृद्धि सम्भव नरहेको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here