मोरक्कोमा शक्तिशाली भूकम्प : कम्तीमा २ सय ९६ जनाको ज्यान गयो


२३ भाद्र २०८०, शनिबार १४:१३ मा प्रकाशित

मोरक्कोमा ६ दशमलव ८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ ।

भूकम्पका कारण कम्तीमा २ सय ९६ जनाको ज्यान गएको त्यहाँको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । भूकम्पबाट कम्तीमा एक सय ५३ जना घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ ।

भूकम्प प्रभावित क्षेत्रमा खोजी र उद्धारका काम भैरहेका छन् । भूकम्पको केन्द्रबिन्दु ‘हाइ एट्लस माउन्टेन्स’ रहेको र यो माराकेसबाट ७१ किलोमिटर दक्षिण पश्चिममा पर्छ । स्थानीय समय अनुसार राति ११ बजेर ११ मिनेटमा भूकम्प गएको हो ।

त्यसको १९ मिनेटपछि ४ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको थियो । ज्यान गुमाउनेमा माराकेस र त्यहाँबाट दक्षिणका क्षेत्रमा रहेका मानिस रहेका बीबीसीले जनाएको छ ।

माराकेशको पुरानो शहरका कतिपय भवनहरू ध्वस्त भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here