धर्मनिरपेक्षताको नाममा हिन्दु समुदायमाथि अपमान भइरहेको छः राजेन्द्र लिङ्देन


१६ भाद्र २०८०, शनिबार १३:५७ मा प्रकाशित

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले धर्मनिरपेक्षताको नाममा हिन्दु समुदायमाथि अपमान भइरहेको बताउनुभएको छ ।

शनिबार बुटवलमा आयोजित शान्ति र्‍यालीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । ८१ प्रतिशत हिन्दु, ९ प्रतिशत बौद्ध र ३ प्रतिशत किंरात धर्ममा विश्वास राख्नेहरु रहेको देशलाई हिन्दु राष्ट्र बनाउँदा कसैमाथि अन्याय नहुने उहाँले बताउनुभयो ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले देशमा हिन्दु राष्ट्र हुँदा धार्मिक विभाजन नभएको अवस्थामा अहिले धर्मनिरपेक्षता भएपछि हिन्दुमाथि अपमान गर्ने कार्य भइरहेको बताउनुभयो । उहाँले नेपालमा राजनीतिक परिवर्तनको बेला धर्म निरपेक्षताको कुरा नउठेको भएपनि भित्रैबाट जबरजस्ती देशलाई हिन्दु राष्ट्रबाट धर्मनिरपेक्षा बनाएको बताउनुभयो ।

बुटवलको राजमार्ग चौराहबाट निस्केको र्‍यालीमा सहभागीहरु मिलनचोक, बसपार्क, अस्पताललाइन हुँदै ट्राफिक चोकसम्म पुगेपछि त्यहाँ कोणासभा गरिएको थियो । र्‍यालीमा राप्रपा नेपालका नेता कार्यकर्तासहित हिन्दुबादीहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here