प्रधानमन्त्री दाहालद्वारा माओवादी केन्द्रको विशेष रुपान्तरण अभियान उद्घाटन


१६ भाद्र २०८०, शनिबार १०:३२ मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रले आजबाट जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको शुरुवात गरेको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंको कोटेश्वरमा रहेको पार्टी कार्यालयबाट भर्चअल माध्यमबाट देशैभर एकैचोटी अभियानको उद्घाटन गर्नु भएको हो ।

गत साउन १७ गतेदेखि २१ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकको निर्णय अनुरुपको जनतासँग माओवादी विशेष रुपान्तरण अभियान देशभरका सबै वडामा आज शनिबार एकैसाथ सुरु गरेको हो ।

माओवादी केन्द्रले जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको नारा ‘घरघरमा माओवादी, जन–जनमा माओवादी’ राखेको छ । अभियानको क्रममा नविकरण र बिस्तारको माध्यमबाट पार्टी सदस्यता संख्या ८ लाख पुर्‍याउने लक्ष्य राखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here