माधवजी निर्दोष सावित हुनुभोः प्रधानमन्त्री प्रचण्ड


१५ भाद्र २०८०, शुक्रबार १७:४४ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललिता निवास जग्गा हिनामिना प्रकरणमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निर्दोष साबित भएको बताउनु भएको छ । 

शुक्रवार पोखरामा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । 

उहाँले भ्रष्टाचार प्रकरणमा जुनसुकै पार्टी भए पनि दोषी भए कारबाही हुनुपर्छ भनेर आफैंले भनेको भन्दै उहाँले अघि भन्नुभयो,‘तपाईँहरूले हेर्नुभयो भने माधवजी यहाँ हुनुहुन्छ । माधवजीको बारेमा पनि धेरै प्रश्नहरू के हो कसो हो भनेर बनिनै राख्यो ।’

प्रधानमन्त्री प्रचण्डले माधव नेपालमाथि सीआईबीले बयान लिएपछि प्रश्न उठाउने ठाउँ नै नरहेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here