बिप्लपले बोलाए शुक्रबारलाई स्थायी समिति बैठक


१४ भाद्र २०८०, बिहीबार १३:२२ मा प्रकाशित

काठमाडौ । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टीको स्थायी समितिको बैठक बोलाएका छन् ।

काठमाडौंको बुद्धनगरमा शुक्रबार बिहान ८ बजे बस्ने बैठकले समसामयिक विषया छलफल गर्ने बताइएको छ ।

अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० कार्यान्वयनसम्बन्धी सम्झौता बुधबारबाट कार्यान्वयनमा आएपछि रुष्ट भएको नेकपाले बैठकमा विरोधका थप कार्यक्रम, सरकारप्रति दृष्टिकोण, आगामी रणनीति लगायत विषयमा समीक्षा गर्ने भएको छ ।

शुक्रबार बस्ने बैठकले एमसीसी कार्यान्वयन, विरोधका थप कार्यक्रम, सरकारप्रतिको दृष्टिकोण लगायत विषयमा आधिकारिक धारणा बनाउनेछ ।

विप्लवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर तत्काल एमसीसी कार्यान्वयन नगर्न चेतावनी दिएका थिए । तर प्रधानमन्त्री प्रचण्डले कर्मचारी तहमा प्रवेश गरिसकेकाले आफूले केही गर्न नसक्ने जवाफ फर्काएपछि प्रचण्डसँग उनी रुष्ट बनेका छन् ।

एमसीसीकै किचलोका कारण समाजवादी मोर्चाको प्रदेश भेलासमेत अलपत्र बनेको छ । बिहीबार रुपन्देहीको बुटवलमा आयोजना हुने भनिएको भेला विप्लवले बहिष्कार गरेपछि अन्तिम समयमा आएर स्थगित भएको थियो । भने आज कर्णाली प्रदेशको सुर्खेतमा डाकिएको भेलासमेत अन्यौलमा परेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here