एसिया कप क्रिकेटअन्तर्गत भारतसँग खेल्न नेपाली राष्ट्रिय टोली पाकिस्तानबाट श्रीलंका गयो


१४ भाद्र २०८०, बिहीबार १३:१८ मा प्रकाशित

काठमाडौ । एसिया कप क्रिकेटअन्तर्गत भारतविरूद्ध समूह चरणको अन्तिम खेल खेल्न नेपाली राष्ट्रिय टोली पाकिस्तानबाट श्रीलंका पुगेको छ।

पाकिस्तानविरुद्ध बुधबार मुलतानमा भएको खेलमा २३८ रनले पराजित भएको नेपालले अब दोस्रो खेलमा भदौ १८ गते भारतविरुद्ध भिड्दैछ।

नेपाली टोली र पाकिस्तानी टोली करिब एकै समय इस्लामावादबाट श्रीलंका पुगेको हो। त्यहाँ नेपाली टोलीलाई श्रीलंकन झाँकीसहितको टोलीले स्वागत गरेको छ।

समूह ’ए’ को पहिलो खेलमा नेपाल घरेलु टोली पाकिस्तानसँग २३८ रनले पराजित भएको छ। अब नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग समूह चरणको दोस्रो खेल श्रीलंकाको क्यान्डीमा खेल्नेछ।

त्यसभन्दा पहिले यही समूहको अर्को खेलमा शनिबार भारत र पाकिस्तानबीच भिडन्त हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here