एमालेले केन्द्रीय कमिटी बैठक धनगढीमा राख्ने


१३ भाद्र २०८०, बुधबार २०:०५ मा प्रकाशित

काठमाडौं । नेकपा (एमाले)ले पार्टीको केन्दीय कमिटी बैठक मंसिर दोस्रो साता धनगढीमा राख्ने निर्णय गरेको छ ।

सिराहाको सर्रे अम्बामा बसेको सचिवालय बैठकले मङ्सिरको तेस्रो साता केन्द्रीय कमिटी बैठक धनगढीमा आयोजना गर्ने निर्णय गरेको हो ।

एमालेले पुष्पलाल मध्य पहाडी लोकमार्ग केन्द्रित अभियान अन्तर्गत धनगढीमा बैठक आयोजना गर्न लागेको जनाएको छ । यस्तै बैतडीको झुलाघाटदेखि पाँचथरको चिवा भन्ज्याङसम्म युवा केन्द्रित अभियान सुरु गर्ने निर्णय पनि गरिएको छ ।

मङ्सिरमा पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बस्ने निर्णय भएको एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार मङ्सिरको तेस्रो साता धनगढीमा केन्द्रीय कमिटी बैठक बोलाउने र त्यो बैठकअघि पोलिटब्युरोको बैठक डाक्ने निर्णय भएको छ । उहाँले बैठकको मिति पछि तोकिने समेत बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here