आजबाट एमसीसी कार्यान्वयनमा


१३ भाद्र २०८०, बुधबार ११:०२ मा प्रकाशित

काठमाडौ । मिलेनियम च्यालेन्ज कर्पोरेसन अन्तर्गतका परियोजनाहरु बुधबार कार्यान्वयन सुरु भएको घोषणा हुँदैछ । अर्थ मन्त्रालयको सुवर्ण हलमा हुने घोषणा कार्यक्रममा सहभागी हुन मंगलबार नै एमसीसीका उपाध्यक्ष क्यामरुन एस एलफोर्ड मंगलबार नै काठमाडौं आइसकेका छन् ।

अर्थमन्त्रालय अन्तर्गतको मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपालले बनाउने प्रसारणलाइन र सडक निर्माण परियोजनाको ५ वर्षे दिनगन्ती भोलिदेखि सुरु हुनेछ । र, ५ वर्षभित्र काम नसकिए सम्झौताअनुसारको बाँकी अनुदान रोकिने छ ।

अर्थ मन्त्रालयका प्रवक्ता धनीराम शर्माका अनुसार २९ भदौ २०७४ मा हस्ताक्षर भएको एमसीसी नेपाल कम्प्याक्टअनुसार कार्यान्वयन थाल्नुअघि आयोजना क्षेत्रमा पहुँच ९इन्ट्री इन्टु फोर्स–ईआईएफ० दिने शर्त भोलि बुधबार पूरा हुनेछ ।

आयोजनाको कार्यान्वयन सुरु हुनुअघि प्रसारणलाइनलाई राष्ट्रिय गौरवको आयोजना घोषणा, ‘आयोजना कार्यान्वयन सम्झौता’ नामक सहायक सम्झौतामा हस्ताक्षर, विद्युत नियमन आयोग गठन, प्रसारणलाइन जोड्नका लागि भारतसँग सहमति र ‘संसदबाट अनुमोदन’ जस्ता शर्तहरु पूरा भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here