तीर्थयात्री बोकेको बस बारामा दुर्घटना, सात जनाको मृत्यु


७ भाद्र २०८०, बिहीबार ०८:०१ मा प्रकाशित

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय सिमराका अनुसार काठमाडौँबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेस प्रदेश-०३-००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब २ बजेको दुर्घटना भएको हो ।

बस दुर्घटनामा मृत्यु हने ६ भारतीय नागरिक र एकजना नेपाली रहेको प्रहरीले जनाएको छ । चालकसहित २७ यात्रु सवार उक्त बस चुरियामाई मन्दिरबाट १०० मिटर दक्षिण तर्फको खोलामा खसेको छ ।

दुर्घटनामा १९ जना घाइते भएका छन् । उनीहरूको हेटौंडाको चुरेहिल अस्पताल र हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here