श्रीमती बचाउन जाँदा गयाे इलामका अमृतकाे ज्यान


७ भाद्र २०८०, बिहीबार ०५:५९ मा प्रकाशित

झापा । कुटी काट्ने मेसिनबाट अचानक श्रीमतीलाई करेन्ट लागेपछि बचाउन खोज्दा श्रीमानको मृत्यु भएको छ । अर्जुनधारा ९ बस्ने २२ बर्षीया ममता रेग्मीलाई बचाउने क्रममा श्रीमान २४ बर्षीय अमृत रेग्मीको मृत्यु भएको हो ।

बुधबार दिउँसो साढे २ बजे कुटी काट्ने क्रममा ममतालाई करेन्ट लागेको थियो । श्रीमतीलाई करेन्ट लागेको देखेपछि बचाउन खोज्दा अमृत गम्भीर घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि शंकर अस्पताल ल्याउने क्रममा अमृतको बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ममताको अवस्था मध्यम रहेको र बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । कानुनी प्रक्रिया पूरा गरी अमृतको शव पोष्टमार्टमका लागि मेची प्रादेशिक कार्यालय भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।

इलाम नगरपालिका २ स्थायी घर भएका रेग्मी परिवार केही समयदेखि अस्थायी रुपमा अर्जुनधारा ९ कटहरडाँडामा बसोबास गर्दै आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here