जनतासँग कांग्रेस अभियान स्थगित


५ भाद्र २०८०, मंगलवार १३:३१ मा प्रकाशित

 नेपाली कांग्रेसले भदौ १० देखि २४ सम्म सञ्चालन गर्ने भनिएको जनतासँग कांग्रेस अभियान स्थगित गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठक जनतसँग कांग्रेस अभियान स्थगित गरेको हो  ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार जनतासँग कांग्रेस अभियानमा जनप्रतिनिधि पनि सहभागी हुनुपर्ने ।

संसद् चलिरहेको छ भने अर्कातिर बर्खामा कार्यक्रम गर्न पनि सहज नभएकोले केही समयका लागि भदौ १० देखि २४ सम्मको अभियान तत्कालका लागि स्थगित गरिएको हो । उक्त अभियानका अर्को मिति आगामी दिनमा बस्ने बैठकबाट तय हुने उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here