प्रतिनिधिसभाको बैठक सुचना टाँसेर भोलिसम्मका लागि स्थगित


२४ असार २०७६, मंगलवार १४:१९ मा प्रकाशित

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका सांसदहरुले सर्लाही घटनाबारे छानविनका लागि संसदीय समिति गठन गर्न माग गर्दै रोष्ट्रम घेराउ गरेपछि १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक सुचना टाँसेर भोलिसम्मका लागि स्थगित भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सर्लाहीका विभिन्न ३ वटा घटनाबारे गृहमन्त्रीले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै उनीहरुले सत्य तथ्य छानविनका लागि संसदीय समिति गठन गर्न माग गरेका हुन् । सभामुखले समिति गठनबारे दलहरुबीच सल्लाह गर्नुपर्ने भन्दै बैठक संञ्चालन गर्न पटक पटक अनुरोध गरेपनि सांसदहरुले वेल घेराउ गर्दे ‘संसदीय समिति गठन गर’ भन्ने नाराबाजी गरिरहेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् । सभामुखले संसदमा भएका पार्टीहरुसंग आवश्यक परामर्श गर्न दिनुहोस् त्यसका निम्ति केही समय चाहियो भन्दै पटक पटक आसन ग्रहणका लागि अनुरोध गरेका थिए ।

तर कांग्रेस र राजपाका सांसदहरुले तत्काल समिति गठन हुनुपर्ने माग गरेका थिए । कांग्रेस र राजपा सांसदहरुको विरोधका कारण १ मिनेटका लागि स्थगित भएको बैठक सूचना टाँसेर बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । विरोधकाबीच सत्तारुढ दलका सांसद खगराज अधिकारीले प्रतिपक्षी दलले संविधान र नियमावलीलाई उलंघन गरेको भन्दै नियमापत्ति जनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here