प्रधानमन्त्री ओलीले पाए राष्ट्रिय परिचयपत्र


२४ असार २०७६, मंगलवार १४:२८ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय परिचयपत्र व्यवस्थापन तथा पञ्जिकरण विभागले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय परिचयपत्र वितरण गरेको छ ।

विभागले आज बिहान वालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई परिचयपत्र वितरण गरेको हो । विभागका महानिर्देशक दिपक काफ्लेले पहिलो चरण अन्तर्गत सबैभन्दा पहिला पाँँचथरमा परिचयपत्र वितरण गरिएको जानकारी दिए । उनले पाँचथरमा ८० हजारलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्य लगभग अन्तिम चरणमा पुगेको बताए ।

परिचयपत्र लिदै प्रधानमन्त्री ओलीले अभियानको सफलताको शुभकामना व्यक्त गरे । विभागले राष्ट्रिय परिचयपत्र वितरण २ वर्षमा सक्ने जनाएको छ । हालसम्म सात हजार निजापति कर्मचारीलाई परिचयपत्र वितरण गरिसकेको विभागले जनाएको छ ।

आठ वर्षको गृहकार्यपछि सरकारले शुरुमा पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको हो । चिप प्रविधिमा आधारित बायोमेट्रिक विवरणसहितको राष्ट्रिय परिचयपत्र वितरण गरिएको हो । तत्कालका लागि नागरिकता लिएका व्यक्तिलाई मात्र राष्ट्रिय परिचयपत्र दिइनेछ  । पछि सबै नागरिकलाई वितरण गर्ने योजना सरकारको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here