नेपाल विद्युत प्राधिकरणको ३८ औँ बार्षिकोत्सवको अघिल्लो दिन मधेश प्रदेशमा र्याली प्रदर्शन


३२ श्रावण २०८०, बिहीबार ०९:५७ मा प्रकाशित

हरिवन । मधेश प्रदेशको लालबन्दिदेखि हरिवनसम्म ‘Use Electrical Vehicles save the Enviroment’ भन्ने मूल नाराका साथ र्याली प्रदर्शन भएको छ ।

नेपाल विद्युत प्राधिकरणको ३८ औँ बार्षिकोत्सवको पूर्व संधायमा लालबन्दि बितरण केन्द्र र श्री पुजा अटो मोवाईल सेन्टरको संयुक्त आयोजनामा र्याली प्रदर्शन गरिएको थियो । बिद्युतीय गाडीको प्रयोग गरि वातावरण जोगाउँ भन्ने उद्येश्यका साथ र्यालीको आयोजना गरिएको वितरण केन्द्रका प्रमुख संजीव कुमार साहले बताउनु भयो ।

नेपाल विद्युत प्राधिकरणले बिधुतीय सवारीको संचालन गर्न सहज होस भनेर सर्लाहीको हरिवनमा एक पटकमा ४ वटा गाडी चार्ज गर्न मिल्ने गरि चार्जीङ स्टेसन समेत संचालन गरि सकेको छ । नेपाल विद्युत प्राधिकरणको ३८ औ बार्षिकोत्सव भाद्र एकमा पर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here