सन्दीप लामिछानेको मुद्दामा अन्तिम सुनुवाइ आज हुने


३२ श्रावण २०८०, बिहीबार ०८:४७ मा प्रकाशित

काठमाडौं । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेको मुद्दामा अन्तिम सुनुवाइ आज हुने भएको छ । विभिन्न कारण देखाएर निरन्तर स्थगन हुँदै आएको लामिछानेको मुद्दा आज पनि पहिलो नम्बरमा रहेको छ ।

बलात्कार आरोप लागेका लामिछाने पछिल्लो पटक विश्वकप छनोटका लागि जिम्बावे प्रस्थान गरेयता मुद्दाले निरन्तरता पाउन सकेको थिएन । तर यसअघि पटक-पटक स्थगित भएका कारण मुद्दाको सुनुवाइ आज पनि निरन्तर होला कि नहोला अन्योलता कायमै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here