मदनभण्डारी लोकमार्गको उदयपुर खण्डमा पहिरोका कारण सडक अवरुद्ध


२८ श्रावण २०८०, आईतवार १७:५८ मा प्रकाशित

उदयपुर। मदनभण्डारी लोकमार्गको उदयपुर खण्डमा पहिरोका कारण सडक अवरुद्ध भएको छ ।

उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका वडा नं. ५ स्थित मौवासी खोला पुल नजिक गएको पहिरोका कारण मदनभण्डारी लोकमार्ग अवरुद्ध भएको हो । सदरमुकाम गाइघाटबाट करिव ३० किलोमिटर पश्चिम मौवासी पुल नजिक पहिरो गएको हो ।

अबिरल बर्ष संगै गरेको पहिरो खुलाउन अहिले सडक विभागले काम सुरु गरेको भएपनी पहिलो हटाएर सडक खुलाउन निकै समय लाग्ने उदयपुर प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरिक्षक ज्ञानेन्द्र फुन्यालका अनुसार बिहानै देखी गएको पहिरो खुलाउने प्रयास गरिएको भएपनि लगातारको बर्षाका कारण पहिरो खुलाउन केही समय लागेको हो यद्धपी अहिले पहिरो खुलाउने काम भईरहेको छ ।

पहिरोले झन्डै एक सय मिटर भन्दा धेरै बाटो अवरुद्ध गरेको र निरन्तर पहिरो झरिरहेको कारण पानि सहजै पहिरो खुलाउन सकेन अवस्था नरहेको प्रहरीले जनाएको छ ।

हाल उक्त सडक खण्ड भएर पश्चिम बाट पुर्व तर्फ जाने लामो तथा छोटादुरीका सवारी साधनलाइ कटारीबाटै अर्को बाटो पठाइएको छ भने पुर्वबाट पश्चिम हिडेका सवारीलाई गाईघाट बाटै बैकल्पिक बाटो पठाईदै आइएको जिल्ला ट्राफिक प्रहारी कार्यालय गाईघाटले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here