माओवादी केन्द्रले सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलायो


२८ श्रावण २०८०, आईतवार १७:५७ मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको सचिव देवेन्द्र पौडेलले बताउनुभयो ।

मोदीको ठाउँमा जनमत पार्टीकी अनिता देवी साहलाई मन्त्रीको जिम्मेवारी दिने तयारी भएको बताइएको छ।

मोदी गत माघ ३ गते मन्त्री बन्नुभएको थियो । मोरङ क्षेत्र नम्बर ५ बाट लगातार दुई पटक निर्वाचन जितेका मोदी पहिलो पटक मन्त्री बन्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here