झापा । झापाको मेचीनगर- १३ चारआलीस्थित पाउँ पाथीभरा मन्दिरको प्रवेशद्वारमा अचानक रुख लड्दा एक युवती घाइते भएकी छन् ।
आइतबार बिहान पाउँ पाथीभरा मन्दिर छिर्ने भित्री सडक खण्डमा सखुवा जातको रुख लड्दा पाउँ पाथीभरा मन्दिर बाहिर पूजा सामग्री बिक्री गर्ने मेचीनगर- १२ कालिझोडा निवासी अन्दाजी ३२ वर्षीया सृजना खरेल घाइते भएकी हुन् ।
उक्त रुखको हाँगाले लागेर घाइते भएकी उनलाई उपचारको लागि मनकामना अस्पताल चारआली लगिएको छ ।
प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले रुख हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र रिजालले बताए ।