बिहान ७ बजेदेखि बसेकाे मन्त्रिपरिषद बैठकनिर्णय नगरी सकियो


२४ असार २०७६, मंगलवार ११:१७ मा प्रकाशित

काठमाडौं । मंगलबार बिहानैदेखि बसेको मन्त्रिपरिषद बैठक सकिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बिहान ७ बजेदेखि बसेको बैठक कुनै निर्णय नगरी बेलुका बालुवाटारमा बस्ने गरी सकिएको हो ।

बैठकमा सरकारका काम कारबाहीका विषयमा छलफल भएपनि कुनै निर्णय नभएको कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले जानकारी दिए । आजको बैठकमा कृषिमन्त्री चक्रपाणी खनाल र वन मन्त्री शक्ति बस्नेत अनुपस्थित भएको र उनीहरुको सहभागितामा बेलुका प्रधानमन्त्री निवास बालुवाटरमै बैठक बस्ने गरी बैठक टु‌गिएको हो ।

बैठकमा विषादीयुक्त तरकारीका विषयमा सरकारले गरेको निर्णय, मन्त्रिपरिषदका सदस्यको फेरबदल लगायतका विषयमा छलफ‍ल हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here