यो सरकार धेर दिन टिक्दैनः शेखर कोइराला


२७ श्रावण २०८०, शनिबार १५:५३ मा प्रकाशित

भक्तपुर । सत्तारुढ दल नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकार धेरै दिन टिक्न नसक्ने संकेत गर्नुभएको छ ।

आज (शनिबार) नेपाली कांग्रेस भक्तपुरले भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभूति दिन नसके वर्तमान सरकार धेरै ढल्न सक्ने बताउनुभयो ।

उहाँले नेपालमा वैदेशिक लगानी भित्र्याउन पनि भ्रष्टाचार अन्त्य हुनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

अमेरिकाको पछिल्लो वैदेशिक नीतिमा पनि नेपालमा लगानीका लागि भ्रष्टाचार र सुशासन मुख्य समस्या रहेको औँल्याइएको उल्लेख गर्दै उहाँले त्यसलाई कम गर्न सत्तारुढ गठबन्धन र सरकारले जोड दिनुपर्ने बताउनुभयो । अन्यथा सरकार धेरै दिन नरहने उहाँको भनाइ छ ।

नेता कोइरालाले राजनीतिक स्थिरता, भ्रष्टाचारको अन्त्य, लगानीमैत्री कानुनको निर्माण गर्न सके समृद्ध र समुन्नत नेपाल बनाउन कुनै समस्या नहुने पनि बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here