मन्त्रिपरिषद पुनर्गठन गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी, जनमत पार्टी सरकारमा सहभागी हुँदै


२७ श्रावण २०८०, शनिबार १०:५१ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालले जनमत पार्टीलाई सरकारमा सहभागी गराउँदै जनमत पार्टीकी सांसद अनिता देवी साहलाई मन्त्री नियुक्त गर्ने तयारी गर्नुभएको हो ।

दाहाल नेतृत्वको मन्त्रिपरिषद् अहिले नै २५ सदस्यीय छ । उनीहरुमध्ये एक जना मन्त्रीलाई हटाएर साहलाई मन्त्री बनाउने तयारी भइरहेको छ । सम्भवतः माओवादी केन्द्रबाट मन्त्री भएकामध्ये एकलाई हटाउने सम्भावना रहेको बताइएको छ ।

जनमतकी सांसद साहलाई आइतबार मन्त्री नियुक्त गर्ने तयारी छ । जनमतले यसअघि नै साहको नाम सिफारिस गरेको थियो ।

जनमत पार्टीका प्रवक्ता डा.शरदसिंह यादवले आइतबारसम्म सरकारमा जाने सम्भावना रहेको स्वीकार गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here