सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १९ पुग्यो, थप दुई चिनियाँ नागरिक पक्राउ


२६ श्रावण २०८०, शुक्रबार १२:०१ मा प्रकाशित

काठमाडौं । एक सय किलो सुन तस्करी प्रकरणमा थप दुई जना पक्राउ परेका छन् ।

चीनतर्फ प्रस्थान गर्न लागेको अवस्थामा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले चिनियाँ नागरिकद्वय ली जियालिन र लिउ फुयानलाई विमानस्थलबाट पक्राउ गरेको हो ।

उनीहरुलाई थप अनुसन्धानका लागि अध्यागमन कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को जिम्मा लगाएको छ । योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १९ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here