नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज समापन हुने


२१ श्रावण २०८०, आईतवार ०९:०८ मा प्रकाशित

काठमाडौ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज समापन हुने भएको छ ।

बुधबारदेखि जारी बैठकको सुरुवातमा केन्द्रीय सदस्यहरूलाई धारणा राख्ने समय दिइएको थियो । उनीहरूको बोल्ने क्रम सकिएकाले आज बैठक समापन गर्न लागिएको हो ।

माओवादीका महासचिव देव गुरुङले केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नमाथि आज पार्टी अध्यक्षले जवाफ दिने र त्यसपछि बैठक अन्त्य गरिने जानकारी दिए ।

बुधबारदेखि शनिबारसम्म धारणा राखेका माओवादीका अधिकांश केन्द्रीय सदस्यले पार्टी नेतृत्वको आलोचना गरेका छन् । अध्यक्षको उत्तराधिकारी तयार नगरिएको, नेतृत्व परिवारवादमा लिप्त भएको, त्यागीलाई पार्टीबाट पाखा पारिएकोलगायत आरोप नेताहरूले नेतृत्वमाथि लगाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here