भारतको श्रावस्तीमा कार दुर्घटनाः नेपालगञ्जका छ जनाको मृत्यु 


२१ श्रावण २०८०, आईतवार ०९:०३ मा प्रकाशित

बाँके । बाँकेको नेपालगञ्जस्थित त्रिभुवन चोकका ६ जनाको सवारी दुर्घटनामा मृत्यु भएपछि त्रिभुवन चोक शोकमा डुबेको छ ।

शनिबार साँझ ६ बजे भारतको श्रावस्ती जिल्लामा भयानक कार दुर्घटनामा नेपालगञ्जका व्यापारी घरानाका दुई परिवारका गरी ६ जनाको मृत्यु भएको बाँके प्रहरीले जानकारी दिएको छ।

प्रहरीका ढकालका अनुसार त्रिभुवन चोकस्थित एसकुमार वाचका संचालक सन्तोषकुमार गुप्ताका छोरा र छोरी, नेपालगञ्ज सदरलाइनस्थित हरि ओम मेडिकलका वैभव गुप्ताका छोरा–बुहारी र दुई नातिनीको दुर्घटनामा मृत्यु भएको हो ।

उनीहरुको मृत्युको खबरले त्रिभुवन चोक शोकमा डुबेको छ । त्रिभुवन चोकका बासिन्दाहरु मृत्युको खबर पाएदेखि रातभर सुतेका छैनन् । स्थानीय व्यापारीहरु अहिले त्रिभुवन चोकमा जम्मा भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here