प्रधानमन्त्रीको भारत भ्रमण सत्ता स्वार्थ केन्द्रितः ओली


२० श्रावण २०८०, शनिबार १४:२३ मा प्रकाशित

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण सत्ता स्वार्थमा मात्रै केन्द्रित भएको टिप्पणी गर्नुभएको छ ।

अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालको भारत भ्रमणमा राष्ट्रिय स्वार्थ प्रधान नभइ सत्तास्वार्थ मात्रै प्रधान भएको दाबी गर्नुभएको हो ।

पार्टीको परराष्ट्र मामिला विभागले शनिबार काठमाडौंमा आयोजना गरेको ‘वर्तमान अन्तराष्ट्रिय परिस्थिति र नेपालको परराष्ट्र नीति सम्बन्धि नेकपा (एमाले) को धारणा’ विषयक विचार गोष्ठीमा मात्रै उहाँले नेपाली आवश्यक्ता, नेपाली हीत, नेपालको न्यायोचित पक्षमा हुनुपर्ने कुराहरुमा प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणमा धेरै कमजोरीहरुको देखाएको जिकिर गर्नुभयो ।

अध्यक्ष ओलीले इपीजी प्रतिवेदन र नेपालको भूमिबारे समेत प्रधानमन्त्री दाहालले भारतीय पक्षसँग कुनै कुरा गर्न नसकेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो । उहाँले राष्ट्रिय हीतलाई सर्वोपरी राखेर मात्रै परराष्ट्र नीति तय गर्न आफूहरु सदैव तयार रहेको र रहिरहने अडानसमेत राख्नुभयो । सरकारले मनपरी र बेठिक ढंगले अघि बढाएको परराष्ट्र सम्बन्धमा आफ्नो पार्टीको साथ नरहने ओलीको भनाइ थियो ।

अध्यक्ष ओलीले भारत र चीन दुई मित्र राष्ट्रहरु भएकाले उनीहरुसँग खुलस्त कुरा राखेर मात्रै आपसी समस्यालाई समाधान गर्न सकिने बताउनुभयो । उहाँले आफ्ना जायज मागहरु पनि छिमेकीसँग राख्न नसक्ने हो भने त्यस्तो खालको सरकार र सत्ताको कुनै अर्थ नहुने पनि दोहोर्‍याउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here