विश्वकीर्तिमान कायम गरेका दुई जना पर्वतारोहीलाई भव्य स्वागत


२० श्रावण २०८०, शनिबार ११:२० मा प्रकाशित

काठमाडौं । तीन महिनामा १४ हिमाल आरोहण गरी विश्वकीर्तिमान कायम गर्नुभएका दुई जना पर्वतारोहीलाई स्वागत गरिएको छ ।

शनिबार नर्वेकी आरोही क्रिस्टिन हरिला र नेपाली गाइड तेन्जेन (लामा) शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको हो ।

शेर्पाले यही साउन ११ गते विश्वको दोस्रो अग्लो केटु हिमालको सफल आरोहण गर्नुभएको थियो । पर्यटन मन्त्रालय,पर्यटन विभाग, नेपालल पर्वतारोहण संघ लगायत विभिन्न पर्यटनसँग सम्बन्धित संघसंस्था एवं आरोहीहरु विमानस्थलमा सांस्कृतिक बाजागाजासहित स्वागतका लागि पुगेका थिए ।

हरिला र शेर्पाले सगरमाथा, कञ्चनजंघा, ल्होत्से, मकालु, धौलागिरी, अन्नपूर्ण, मनास्लु,चो ओयु, शिशपाङ्मा, नङ्गा पर्वत, गाशरब्रम–२, गाशरब्रम–१, ब्रोडपिक र केटु हिमालको सफल आरोहण गरिसक्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here