‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’, २०८० राष्ट्रियसभाबाट पारित


११ श्रावण २०८०, बिहीबार १२:५७ मा प्रकाशित

‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’, २०८० राष्ट्रियसभाबाट पारित भएको छ ।

राष्ट्रियसभाको बिहीबार बसेको बैठकले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथि प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकार सहित पुनः पारित गरिएको हो । सरकारले मिटरव्याजसम्बन्धी समस्या सम्बोधन गर्न उक्त विधेयक ल्याएको हो ।  बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उक्त विधेयक पारित गरियोस भन्ने प्रस्ताव राख्नुभएको थियो ।

त्यसअघि बिहीबार नै बसेको राष्ट्रियसभाको पहिलो बैठकमा कानूनमन्त्री गुरुङले  अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी अध्यादेशको अवधि सकिएकाले पीडितको न्यायका लागि अर्काे केही नेपाल ऐन संशोधनका रुपमा विधेयक ल्याउनुपरेको बताउनुभयो । उहाँले केहि प्राविधिक कारणले उक्त विधेयक अघि बढाउन ढिलाई भएकोमा माफी माग्दै आगामी दिनमा अध्यादेशको अवधि हुँदै प्रतिस्थापन विधेयक ल्याउने जिकिर गर्नुभयो ।

त्यस्तै बैठकमा सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले विधि निर्माणका प्रक्रियामा संविधान बमोजिमका प्रावधान र समयावधिको पालना गर्न ध्यानाकर्षण गराउनुभएको थियो ।  राष्ट्रियसभाको अर्को बैठक साउन १८ गते बोलाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here