सुन तस्करी प्रकरणमा निष्पक्ष छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न नेकपा एमालेको माग


११ श्रावण २०८०, बिहीबार १२:५३ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सुन तस्करी प्रकरणमा निष्पक्ष छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गरेको छ ।

बिहीबार बसेको राष्ट्रियसभाको सुरुमै एमाले सांसद देवेन्द्र दाहालले सुन प्रकरणको छानबिनका लागि सरकार र विभिन्न राजनीतिक दलको प्रतिनिधित्व रहने गरी समिति गठन गर्नुपर्ने बताउनुभयो ।

उहाले उक्त प्रकरणमा यसअघि गठन गरिएको समिति प्रति आपत्ती जनाउनुभयो । त्यस्तै दाहालले विमानस्थलको सुरक्षा र भन्सारको सुव्यवस्थाका सम्बन्धमा गृहमन्त्री र अर्थमन्त्रीले सदनमा जवाफ दिनुपर्ने समेत बताउनुभयो ।

उहाँले विमानस्थलबाट सुन तस्करी प्रकरणमा सम्बन्धित मन्त्री, विमानस्थलका प्रमुख र भन्सारका कर्मचारीलाई अनुसन्धानको दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो ।

सुन बाहिरिएको दिन विमानस्थलको भन्सार र प्रहरी प्रमुखहरु बिदामा बसेको भन्दै उहाले यसमा हुनसक्ने सेटिङमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाले पटक पटक भन्सारबाट सुन तस्करी भइरहेको भन्दै गम्भीर बिषयमा सरकारले ध्यान दिन नसकेको आरोप पनि लगाउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here