कोशी प्रदेश मुख्यमन्त्री उद्धव थापा पदमुक्त


११ श्रावण २०८०, बिहीबार १५:४३ मा प्रकाशित

कोशी सरकार गठनसम्बन्धी मुद्दाको फैसला गर्दै सर्वोच्च अदालतले मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त गरिदिएको छ ।

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा। आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले थापाको नियुक्ति बदर गर्न आदेश दिएको हो ।

मुख्यमन्त्री चुन्ने पक्रियामा सभामुखको प्रत्यक्ष संलग्नता भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सर्वोच्चमा मुद्दा हालेको थियो । तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपाएर पदमुक्त भएपछि कोशीमा प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनको आहृवान गरेका थिए ।

२१ असारमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सभामुख बाबुराम गौतमको समेत समर्थन पेश गरेर मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । प्रदेश प्रमुख खापुङले सोही दिन थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here