अर्थमन्त्री महतद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण


११ श्रावण २०८०, बिहीबार १२:५० मा प्रकाशित

अर्थमन्त्री डा प्रकाशशरण महतले सुन प्रकरणमा अनुसन्धान समितिलाई स्वतन्त्र रुपमा छानविन गर्न राज्यले सम्पूर्ण हिसावले सहयोग गर्ने बताउनुभएको छ ।

बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्दै अर्थमन्त्री महतले सुन प्रकरणपछि केहि कर्मचारीलाई निलम्वन गरिसकेको भन्दै अनुसन्धान समितिलाई स्वतन्त्र रुपमा काम गर्न दिने र राज्यले सहयोग गर्ने बताउनुभयो ।

उहाले सुन प्रकरणमा मेशिन वा मानविय कमजोरी हो भन्ने छानविन समितिले पत्ता लगाउने दावी गर्नुभयो ।

मन्त्री महतले भन्सार कार्यालयमा अनाधिकृत व्यक्ति प्रवेशमा रोक लगाउन निर्देशन दिएको जानकारी दिनुभयो । उहाले अपराध गर्ने व्यक्तिहरुले नयाँ नयाँ प्रविधिहरु प्रयोग गर्न सक्ने भएकाले भन्सारमा रहेका प्रविधिहरुलाई पनि समयानुकुल परिवर्तन गर्दै जानुपर्ने धारणा राख्नुभयो ।

उहाले बिमानस्थलमा रहेका राज्यका बिभिन्न निकायसंग छलफल गर्दै सुधारका बिषयमा पनि छलफल भएको बताउनुभयो । राज्यका सवैको समन्वयकारी भूमिकाले नै बिमानस्थलमा हुने गैर कानूनी गतिविधिहरु कम भएर जाने उहाले बताउनुभयो ।

अर्थमन्त्री महतले बिमानस्थलको आगमन, प्रस्थान र भन्सार क्षेत्रको अवस्थाबारे निरिक्षण गर्नुभएको हो । सुन प्रकरणपछि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि भन्सार क्षेत्रको निरिक्षण गर्नुभएको थियो । केही दिनअघि विमानस्थलको भन्सारबाट जाँचपास भएको बस्तुमा सुन भएको पाइएपछि राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here