ललिता निवास प्रकरणमा थप दुई जना पक्राउ


८ श्रावण २०८०, सोमबार १५:०२ मा प्रकाशित

काठमाडौं । ललिता निवास प्रकरणमा थप दुई जना पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले सकुलनन्द महर्जन र सञ्जय महर्जनलाई ललितपुरको कुपन्डोल क्षेत्रबाट सोमबार दिउँसो पक्राउ गरेको हो । उनीहरू नक्कली मोही रहेको ब्युरोका एसएसपी दिनेश आचार्यले जानकारी दिनुभयो ।

योसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या १९ पुगेको छ । सबैजना सिआइबीको हिरासतमा छन्। यसअघि शुक्रबार सर्वोच्च अदालतले सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई छाड्न आदेश दिएको थियो।

अहिले उहाँलाई हिरासतमा नराखी नै अनुसन्धान भइरहेको हो। राउतले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो ।

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह र धर्मप्रसाद गौतमले पनि उक्त रिट दायर गरेका थिए। तर उनीहरूलाई सर्वोच्चले थुनामुक्त गरेन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here