आज ४५ औं पुष्पलाल स्मृति दिवस मनाइँदै


७ श्रावण २०८०, आईतवार ०७:०३ मा प्रकाशित

काठमाडौं । आज ४५ औं पुष्पलाल स्मृति दिवस मनाइँदैछ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको सम्झनामा विविध कार्यक्रम आयोजना गरिँदैछ ।

मुलुकमा सामन्तवादको अन्त्य र जनताको अधिकार स्थापना गर्ने लक्ष्यका साथ २००६ सालमा पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको थियो । पुष्पलालले विश्व कम्युनिस्ट घोषणापत्रलाई २००५ सालमा नेपालीमा अनुवाद गरी प्रकाशन गर्नुभएको थियो ।

राणा शासनविरुद्ध संघर्ष सुरु गरेका दाजु गंगालालको हत्या गरिएपछि पुष्पलालले दाइको अभियानलाई पूरा गर्न राजनीतिक यात्रा सुरु गर्नुभएको थियो । नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका पुष्पलाल पञ्चायतकालमा निर्वासनमा बस्नुभएको थियो ।

विक्रम संवत १९८१ असार १५ गते पिता भक्तलाल र माता तुलसीमाया श्रेष्ठको माइला छोराका रुपमा रामेछापको भँगेरी गाउँमा जन्मिनुभएका पुष्पलालको २०३५ साल साउन ७ गते भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

पञ्चायती व्यवस्थाका बेला तत्कालीन सरकारले उहाँको शव समेत नेपाल ल्याउन दिएको थिएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here