सुनकाण्डः भन्सार विभागद्वारा छानविन समिति निर्माण, जाँचपासमा संलग्न कर्मचारी निलम्बनमा


४ श्रावण २०८०, बिहीबार ११:१६ मा प्रकाशित

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएको ठूलो परिणामको विषयमा अनुसन्धान गर्न भन्सार विभागले छानबिन समिति बनाएको छ । 

विभागले अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा छानबिन समित गठन गरिएको विभागका निर्देशक एवं सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिनुभयो ।  

समितिले विमानस्थलको भन्सार जाँचपासमा क–कसको संलग्नता भएको भन्नेबारे छानबिन गर्ने सूचना अधिकारी खड्काले जानकारी दिनुभयो । समितिले भन्सार अधिकृतलगायत अन्य कर्मचारीहरूको संलग्नताबारे पनि छानबिन गर्न लागेको हो । विमानस्थलमा रहेका सिसिटिभी फुटेजमा पनि हेर्नेछ ।

यस्तै, विभागले भन्सार जाँचपासमा संलग्न कर्मचारीलाई निलम्बन गरेको छ । राजश्व अनुसन्धान विभागले भन्सार जाँच पास भएर निस्केको ८० देखि १०० किलो अनुमानित सुन मंगलबार बरामद गरेको थियो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here