बाढी–पहिरोका कारण तीन वटा राजमार्ग बन्द


२ श्रावण २०८०, मंगलवार १२:४४ मा प्रकाशित

काठमाडौँ, । बाढी–पहिरोका कारण ३ वटा राजमार्ग बन्द छन् । १५ वटा सडक एकतर्फी मात्रै सञ्चालन भइरहेका सडक विभागले जनाएको छ । सडक विभागका अनुसार मेची राजमार्गको केचना–चन्द्रगढी–चारआली–इलाम–फिदिम गणेशचोक–ताप्लेजुङ–ओलाङचुङ्गोला सडक खण्ड  अवरूद्ध छ । यो राजमार्ग असारको पहिलो हप्तादेखि नै बन्द छ । त्यस्तै, तमोर करिडोरअन्तर्गतकाे चतरा–मूलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक जोड्ने सडक र तानसेन–रिडी–कोरला सडक बन्द छ । विभागले अहिलेसम्म ९४ वटा सडक अवरूद्ध भएका र त्यसमध्ये ७६ वटा दुवैतर्फ सञ्चालनमा रहेको पनि जानकारी दिएको छ । काठमाण्डौसँग मुख्य नाका जोडिएको नागढुङ्गा–नौबिसे तथा मुग्लिन नारागणगढ सडकमा केही दिनयता सामान्य रुपमा गाडी चलिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here