इजरायल–हिजबुल्लाह द्वन्द्व बढ्दै,क्षेत्रीय युद्धको त्रास


५ आश्विन २०८१, शनिबार ११:२३ मा प्रकाशित


इजरायल र हिजबुल्लाह बीचको द्वन्द्व झनै तिब्र भएको छ । दुवै पक्षले घातक आक्रमणहरू गरेका छन् । जसले क्षेत्रीय युद्धको त्रास फैलिएको छ । हिजबुल्लाह नेता हसन नसरल्लाहले लेबनानभर सञ्चार उपकरणहरूलाई लक्षित गरी हालैका विस्फोटहरूको निन्दा गर्नुभएको छ ।

गाजा र वेस्ट बैंकका जनतामाथि आक्रमण र युद्ध रोक्ने एउटै उपाय इजरायलले युद्ध त्याग्नुपर्ने बताउनु भयो । 


नसरल्लाहको भाषणपछि इजरायली रक्षा मन्त्री योभ गलान्टले तेल अवीवको किरिया सैन्य आधारबाट लेबनानमा इजरायलको सैन्य कारबाही जारी रहने बताउनु भयो । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here