सहकारी पीडितहरूद्वारा काठमाडौंमा विरोध प्रदर्शन, केही पक्राउ


३१ असार २०८०, आईतवार १२:२७ मा प्रकाशित

काठमाडौं । सहकारी पीडितहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । विरोधका लागि विभिन्न सहकारीबाट ठगिएका बचतकर्ताहरू काठमाण्डाै आएका हुन् ।

उनीहरूले सहकारीमा बचत गरेको रकमको ग्यारेण्टी हुनुपर्ने, साँवा र ब्याजसहित फिर्ता गर्नुपर्ने भन्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । यसैबीच, प्रदर्शनका कारण सडकमा अवरोध पुगेको छ ।

सहकारी पीडितहरुले आन्दोलनका क्रममा सडकमा अवरोध पुर्याएको भन्दै प्रहरीले १९ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई सिंहदरबारमा राखिएकाे सहकारी पीडित बचतकर्ता महासङ्घ सङ्घर्ष समितिकी अध्यक्ष सुनितासिंह राजभण्डारीले जानकारी दिनुभयाे । 

सहकारी पीडितले बिहान सिंहदरबार घेराउ गर्नुका साथै नयाँ बानेश्वरमा रहेको सहकारी विभागमा ताला लगाएका थिए। उनीहरु गएको जेठ २० गतेदेखि नै माइतीघर मण्डलामा धर्ना बस्दै आएका छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here