परराष्ट्रमन्त्री साउद थाइल्याण्ड जाँदै


३१ असार २०८०, आईतवार ११:३५ मा प्रकाशित

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद आइतबार थाइल्याण्डको बैंकक जानुहुने भएको छ ।

परराष्ट्रमन्त्री साउद बैंककमा हुने बिमस्टेक परराष्ट्रमन्त्रीहरुको रिट्रिटमा सहभागी हुन जान लाग्नु भएको हो । उहाँ आइतबार दिउँसो १ बजे थाई स्माइल एयरवेजको जहाजबाट त्यसतर्फ प्रस्थान गर्नु हुनेछ ।

बिमस्टेकमा भारत, नेपाल, म्यानमार, थाइल्यान्ड, भुटान, श्रीलंका र बंगलादेश सदस्य मुलुक छन् । मन्त्री साउद साउन २ गते स्वदेश फर्किने कार्यतालिका रहेको उहाँको सचिवालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here