राज्य बुढेसकालको सहारा र कमजोर तथा असहायहरुको आड–भरोसा बनोस्ः प्रधानमन्त्री


३ आश्विन २०८१, बिहीबार १२:५५ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले अब प्राप्त अधिकारको रक्षा र कार्यान्वयनको लडाईं लड्नुपर्ने बताउनुभएको छ ।


बिहीवार सैनिक मञ्च टुँडिखेलमा आयोजित संविधान दिवस मुल समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिक स्थिरता, नीतिगत स्थायित्व र समृद्धिको लागि लड्नुपर्ने बताउनु भयो ।

एउटा युवाले देशभित्रै रोजगारी पाउने, एउटा श्रमिकले मर्यादित काम पाउने, प्रत्येक नागरिकलाई स्वास्थ्योपचारमा समान पहुँच, ओत लाग्ने ठाउँ नभएर कुनै नागरिकले आकाशतिर हेर्न नपर्ने अवस्था सिर्जना गर्नेगरी सरकारले काम गर्ने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले आफू नेतृत्वको सरकार बालबालिका सडकमा नभइ विद्यालयमा भेटिने, किसानले कृषि उपजको बजार र मूल्य पाऊने, अपाङ्गता भएका नागरिकले सम्मानपूर्वक बाँच्न पाऊने, राज्य बुढेसकालको सहारा बन्नुपर्ने र कमजोर र असहायहरुको आड–भरोसा बन्नेतिर केन्द्रित रहेको बताउनु भयो ।

 प्रधानमन्त्री ओलीले मौलिक हकको कार्यान्वयनका लागि आवश्यक – कार्ययोजना तयार पार्ने, नीतिगत रुपमा अहिले मौलिक हक कार्यान्वयनका लागि बनेका कानूनको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक कार्ययोजनाहरु बनाउने कामले तिब्रता पाएको उल्लेख गर्नुभयो । उहाँले मौलिक हक कार्यान्वयनका लागि आर्थिक स्रोत जुटाउन सरकार लागिपरेको उल्लेख गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here