भारतीय दूतावासद्वारा नेपाललाई ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुल बस प्रदान


३१ असार २०८०, आईतवार १४:२६ मा प्रकाशित

काठमाडौँ । काठमाडौंस्थित भारतीय दूतावासले आज नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थालाई ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरेको छ ।  

नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईको उपस्थितिमा उक्त एम्बुलेन्स तथा स्कुल बसका चाबी हस्तान्तरण गर्नुभएको हो ।

विभिन्न जिल्लाका नगरपालिकाका मेयर, गाउँपालिका प्रमुख, लाभग्राही संस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, नेपाल सरकारका पदाधिकारी, समाजसेवी आदिको सो समारोहमा उपस्थिति थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here