मस्कोमा गोली चल्दा २ जनाको मृत्यु, ७ जना घाइते


४ आश्विन २०८१, शुक्रबार ११:०३ मा प्रकाशित

रुसी अनलाइन रिटेलर वाइल्डबेरीजको कार्यालयमा भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ । साथै ७ जना घाइते भएको रुसी अनुसन्धान समितिले जनाएको छ । प्रारम्भिक जानकारीका अनुसार मस्कोको रोमानोभ लेनमा रहेको वाइल्डबेरीको कार्यालयमा गोली हानाहान भएको अनुसन्धान समितिले जनाएको छ ।

घटनास्थलमा पुगेका दुई कानून प्रवर्तन अधिकारीसहित सात जना घाइते भएका छन् । घाइते भएका दुई जनाको मृत्यु भएको छानबिन समितिले जनाएको छ । रुसको सबैभन्दा ठूलो अनलाइन रिटेलर वाइल्डबेरीजको स्वामित्व रुसी उद्यमी र खुद्रा विक्रेताका संस्थापक र सीईओ तात्याना बाकालचुकको छ ।

उनका पति भ्लादिस्लाव बाकालचुकको सह–स्वामित्व छ । २० देखि ३० जनाको समूह घटनास्थलमा आइपुग्यो र कार्यालय रहेको व्यापार केन्द्रको प्रवेशद्वारमा झ्यालहरू तोड्न थाले र केही समयपछि बन्दुकबारी शुरु भयो । गोलीबारीका कारण झन्डै ३० जनालाई हिरासतमा लिइएको कानून प्रवर्तन निकायले जनाएको छ । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here