सुर्खेत । सुर्खेतको चिङ्गाड गाउँपालिका–७ वडाकाँडास्थित बाटो छेउको ढुङ्गामुनि प्लाष्टिकमा लुकाएर राखेको अवस्थामा विष्फोटक पर्दाथ फेला परेको छ ।
प्रहरी चौकी मटेला सुर्खेतबाट प्रहरी सहायक निरीक्षक नरबहादुर थापाको नेतृत्वमा गएका गस्तीले आइतबार फेला पारेको हो । सकेट ७८ थान, गन्धक दुई केजी, सेफ्टी फ्यूज आठ थान, डेटकड एक मिटर र केप ६० थान विष्फोटक पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।





