अज्ञात समूहद्वारा सामुदायिक विद्यालयमा आगजनी


२३ असार २०७६, सोमबार १२:१९ मा प्रकाशित

सिरहा । सिरहा सदरमुकाम स्थित रहेको बाल मन्दिर सामुदायिक विद्यालयमा गए राती अज्ञात समूहले आगजनी गरेको छ ।

विद्यालयको मुख्य अफिस कोठाको ताल्चा फुटाएर आगजनी गर्दा विद्यालयका अति महत्वपूर्ण कागजातहरू जेलर नष्ट भएका छन् । प्रधानाध्यापक संजय यादवका अनुसार गए राति अज्ञात समूहले कार्यालयको ताल्चा फुटाएर दराज भीत्र रहेका सम्पूर्ण महत्वपूर्ण कागजातहरू निकालेर जलाएर नष्ट गरेको हो । आगलागीका कारण भएको क्षतिको विवरण आएको छैन ।

आगलागीका कारण विद्यार्थीलाई वितरण गर्न राखिएको १लाख ७० हजार बराबरको पाठ्यपुस्तक, शिक्षक हाजिरी रजिस्टर, विद्यार्थी रजिस्टर दराज, कुर्शी, लगायतका सामानहरू जलेर नष्ट भएका छन् । आगलागी कसले र किन गराएको भन्नेबारे केही खुलेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here