सीता दाहालको हिन्दु परम्परा अनुसार पशुपतिनाथ आर्यघाटमा अन्तिम संस्कार


२७ असार २०८०, बुधबार १६:४२ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको हिन्दु परम्परा अनुसार पशुपतिनाथ आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

बुधबार अपरान्ह पशुपति आर्यघाटमा दाहाललाई प्रधानमन्त्री प्रचण्ड र छोरीहरु रेणु र गंगा दाहालले दागबत्ती दिनुभएको हो ।

त्यस्तै पशुपति आर्यघाटमा नै उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले उहाँको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउनुभएको थियो भने नेपाली सेनाको एक टुकडीले राष्ट्रिय सम्मान स्वरुप अन्तिम सलामी दिएको थियो ।

पशुपति आर्यघाटमा पूर्व प्रधानमन्त्रीहरु केपी शर्मा ओली, शेर बहादुर देउवा, माधव कुमार नेपाल पुगेर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

सीता दाहाललाई अन्तिम विदाई गर्न ठूलो संख्यामा शुभेच्छुकहरु पशुपति पुगेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीताको ६९ वर्षको उमेरमा मंगलबार नर्भिक अस्पतालमा निधन भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here