विषादीयुक्त खानेकुरा खानुपर्ने बाध्यताप्रति सरोकारवालाको चिन्ता


२ आश्विन २०८१, बुधबार १९:४३ मा प्रकाशित

विर्तामोड । सिमित स्रोत साधन, दक्ष प्राविधिक र पर्याप्त जनशत्तिको अभावका कारण नेपालमा विषादीयुक्त खानेकुरा खानुपर्ने बाध्यता रहेको सरोकारवालाहरुले चासो व्यक्त गरेका छन् ।


झापाको विर्तामोडमा वुधबार नारी संचार गृह झापाले आयोजना गरेको खाध्य स्वच्छता सुरक्षा र सरोकारवालाको भुमिका विषेक एक दिने अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै खाध्य प्रविधि तथा गुण नियन्त्रण कार्यलयका प्रमुख सुवास वस्तीले सबै बिषादीको परिक्षण गर्न नसकिने बताउनुभएको छ । उहाले मेचिनगर काकरभिटटामा बिषादी परिक्षणको लागी केहि सुविधा भएता पनि दुई खाल्को मात्र विषादी परिक्षण गर्न सक्ने बताउनुभयो ।

उपभोक्ता मन्च झापाका अध्यक्ष शालिग्राम भट्टराईले ७७ वटा कृषि जन्य कमिडिटिहरु नेपालमा ल्याएर बेचविखन गर्न सुचिकृत भएको छ । त्यो कमिडिटिहरुको चेक जाच गरेर मात्र नेपाल भित्रयाउने प्रावधान छ । तर नेपालमा चेक जाँच गर्ने सम्यन्त्र नभएका कारण त्यस्ता खाध्यबस्तुहरु सोझै नाका बाट भित्रिने गरेको उहाले बताउनुभयो ।

कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भद्रपुरका प्रमुख सुवासचन्द्र वस्ती, पशु क्वारेन्टाइन कार्यालय काकरभिट्टाका प्रमुख मुकेशकुमार सिंह, खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयका खाद्य प्राविधिक दिनेश ढुङ्गाना, कृषि उपज बजार व्यवस्थापन समिति अध्यक्ष निरजकुमार ओलीलगायतले कार्यक्रममा उठेका जिज्ञासाको जवाफ दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here