दुई वर्षपछि पार्टी सभापति देउवा प्रधानमन्त्री हुनुहुन्छः गगन थापा


२ आश्विन २०८१, बुधबार १६:४८ मा प्रकाशित

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकार गठनका लागि एमालेसँग गरिएको सात बुँदे सहमती कार्यान्वयनमा आफ्नो पार्टी शतप्रतिशत प्रतिवद्ध रहेको बताउनुभएको छ ।


उहाँले सो सहमती कार्यान्वयनका लागि सिंगो पार्टी पंक्तिले पनि वातावरण बनाउनुपर्ने बताउनु भयो । सानेपास्थित पार्टी मुख्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले एमाले अध्यक्ष ओलीले दुई वर्ष सरकारको नेतृत्व गरेपछि पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमती कार्यान्वयन हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

उहाँले सो सहमती कार्यान्वयनका लागि वातावरण निर्माण गर्ने कुरामा पनि पार्टी लाग्नुपर्ने बताउनु भयो । महामन्त्री थापाले सोही सहमतीको आधारमा सरकारको न्यूनतम साझा कार्यक्रम तय गरिएको र त्यो छिट्टै सार्वजनिक हुने बताउनु भयो । 

महामन्त्री थापाले स्थानीय तहमा हुने बेरुजु अन्त्यका लागि पनि पार्टीका जनप्रतिनिधिहरुलाई पहल गर्न निर्देशन दिनुभयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here