सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं साधारणसभा सम्पन्न


२ आश्विन २०८१, बुधबार १७:४० मा प्रकाशित

बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं बार्षिक साधारण सभा तथा माइनेट प्रमाणीकरणसभा कार्यक्रम झापाको बिर्तामोडमा सम्पन्न भएको छ ।
सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले गत आव २०७९/८० मा ४६ करोड १० लाख २५ हजार ३६९ रुपैयाँ आम्दानी गरेको छ ।

बुधबार संस्थाको १४औं बार्षिक मूल माइन्युट प्रमाणित सभा आयोजना गरी संस्थाले गत आवको गतिविधि बारे जानकारी दिएको हो । संस्थाले ५ करोड २७ लाख ६५ हजार ७२४ रुपैयाँ खुद नाफा गरेको संस्थाका अध्यक्ष सुवास भट्टराईले जानकारी दिनुभयो । सिम्रिकले गत आवको आम्दानीबाट ४१ लाख १३ हजार ८१२ रुपैयाँ राजश्व तिरेको जनाएको छ । उखुद आम्दानीबाट संस्थाले १ करोड ४० लाख ७५ हजार ३१९ रुपैयाँ शेयर लाभांश कोषमा छुट्याएको र ४.९५ प्रतिशतले वितरण गर्न लागिएको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी दिए ।

संस्थाले अघिल्लो बर्षको वासलतको तुलनामा यस बर्ष खुद ३ अर्ब ३५ करोड, ५० लाख, ७६ हजार ५ सय ८३. ०४ वासलत वुद्धि गरेको छ । जुन आर्थिक बर्षको तुलनामा २.१२ प्रतिशतले वुद्धि हो । एक घर एक सदस्य अभियान; सिम्रिक सफलताको हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ संचालित सिम्रिकले झापा, इलाम, पाँचथर र मोरङ जिल्लामा ४६ वटा सेवा केन्द्रमार्फत सेवा प्रवाह गरिरहेको छ ।

संस्थामा ६४२३६ जना शेयर सदस्य र ३२ करोड ९६ लाख ६६ हजार ९ सय रुपैयाँ शेयर पूँजी रहेको छ । सिम्रिकको प्रधान कार्यालय झापाको बिर्तामोडमा रहेको छ । कार्यक्रममा उत्कृष्ट शेयर सदस्य, सेवाकेन्द्र र पत्रकारलाई सम्मान समेत गरिएको थियो । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः सुवास भट्टराई निर्वाचित भएका छन् । आगामी चार वर्षे कार्यकालका लागि भट्टराई दोस्रो पटक अध्यक्षमा चयन भएका हुन् ।

सञ्चालक समितिको उपाध्यक्षमा किरण कपुरी, सचिव महेन्द्रबहादुर कार्की र कोषाध्यक्षमा मेयरमा बिष्ट पुनः चयन भएका छन् । सदस्यहरूमा लीला मुखिया, शशिकला मुखिया, चन्द्रकला भट्टराई, प्रकाश भट्टराई र नबिज जोगी छन् ।
लेखा सुपरिवेक्षण समितिको संयोजकमा रमेश कुमार अधिकारी पुनः निर्वाचित भएका छन् । सदस्यहरूमा मीनप्रसाद गुरागाईं र ओमराज राई निर्वाचित भएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here